अष्‍ट्रेलियाको भिक्टोरियामा रहेका १४६ जना नेपालीमा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्‍ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमणको बढ्दो अवस्था देखिएको छ ।

अष्ट्रेलियाको परराष्‍ट्र मन्त्रालयलाई उद्धृत गर्दै भिक्टोरियास्थित नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले जनाए अनुसार भिक्टोरियामा रहेका १४६ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

तीमध्ये ४२ जना संक्रमणमुक्त भइसकेको विज्ञप्तिमा जनाइएको छ। अझै पनि १०४ जना भने सक्रिय संक्रमित छन्। उनिहरुको स्वास्थ्य अवस्था भने सामान्य छ।

भिक्टोरिया अष्‍ट्रेलियाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य मानिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।