नारायणकाजीलाई पदको लाज जोगाउन प्रधानमन्त्रीका सल्लाहकार रिमालको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपा प्रवक्ताको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाल कम्यनिस्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य विष्णु रिमालले आफ्नै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन्।

“इनफ इज इनफ नारायणकाजी जी! कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्,” रिमालले ट्वीटर मार्फत भनेका छन्। उनले यो कुरा कुन प्रशंगमा भनेका हुन् भन्ने चाहीं खुलाएका छैनन्। 

रिमालले  ‘विधि र पद्धती’को नक्कली गीत नगाउन समेत श्रेष्ठलाई आग्रह गरेका छन्। “बिधि र पद्धतीको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!,” रिमालले भनेका छन्। 

ट्वीटरमा रिमालले घुमाउरो शैलीमा नेकपा प्रवक्ता श्रेष्ठ पार्टी एकता विरुद्ध लागेको आरोप लगाएका छन्। केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले केही पत्रकारहरुलाई बोलाई आफ्ना धारणा राखेका थिए। पत्रकारहरुसँग उनीहरुले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीले पार्टी एकटा भाड्न खोजेको आरोप लगाएका थिए।

“पार्टी एकताा विरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस्! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!,” रिमालले भनेका छन्। 

नेकपा भित्र प्रचण्ड–नेपाल समूहले ओलीलाई दुवैबाट राजीनामा गर्न दवाबा दिएपछि नेकपाको स्थायी कमिटि बैठक लामो समय देखि बस्न सकेको छैन। असार १० गतेबाट चलेको स्थायी कमिटि बैठकमा प्रचण्ड–नेपाल समूहले दुवै पद छाड्न ओलीलाई दवाब दिएका थिए। त्यसपछि दुई अध्यक्षबीच दूरी बढ्दै गएको छ। समस्या सुल्झाउन दुई अध्यक्ष पटक पटक छलफलमा बसेपनि निकास निस्कन सकेको छैन।

Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!
मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!

— Bishnu Rimal (@BishnuRimal) August 7, 2020

” target=”_blank”>

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।