मधेशमा जसपा नेपालको सरकार ढल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ। बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो।

योसँगै मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन्। उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ भने विपक्षमा ५३ मत पर्यो। जबकि सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो।

जसपा नेपालका दलका नेता समेत रहेका मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।