सहकारी प्रकरणमा छानबिनको माग गर्दै तरुण दलको मसाल जुलुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल तरुण दलले शनिबार गोंगबुमा मसाल जुलुसको आयोजना गरेको छ।

नेपाल तरुण दलले सबै खाले भष्ट्रचारको छानबिन,सहकारि ठगिको छानविन र प्रेश स्वतन्त्रता को पक्षमा मसाल जुलुस निकालेको हो ।

दलका केन्द्रीय सदस्य एवम् नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि निरन्जन थापाको संयोजनमा गंगबुमा मसाल जुलुसको आयोजना गरेको हो ।

मसाल जुलुस पछिको कोण सभामा बोल्दै निरन्जन थापाले सत्ता पक्ष मात्रै नभइ प्रतिपक्षलाई पनि निष्पक्ष कारबाहि गर्न माग गरे।

उनले हिजो समाजमा गलत काम गर्नेहरु मुख थुनेर लुकेर हिड्ने गरेको र आज चर्को स्वरमा टाई सुट लगाएर समाजमा ठगिको धन्दा गर्ने गिरोह नै हावि भएको बताए ।

साथै उनले कान्तिपुर दैनिकका कैलास शिरोहिया प्रकाउ प्रकरण प्रति लक्षित गर्दै स्वयम् गृहमन्त्री रबि लामिछानेको दोहोरो पासपोर्ट र सहकारि ठगिको सप्रमाणसहित कान्तिपुर दैनिकमा समाचार लेखेकै भरमा पक्रउ गर्नु गलत भएको र नेपाली काङ्ग्रेस प्रेश स्वतन्त्रताको पक्षमा रहेको बताए।

मसाल जुलुसमा तरुण दलका केन्द्रीय सदस्यहरु भागवत रेग्मी, प्रदिप थापा,सुमन गिरि पुष्कर बास्तोला,पशुपति पोखरेल उमेश श्रेष्ठ, सेतेमान तामाङ,पार्टिका महासमिति सदस्यहरु शुलिल भट्ट, सानुकाजि प्रजापति नेबिसंघका केन्द्रीय सदस्यहरुको बाक्लो उपस्थिति रहेको नेबिसंघ केन्द्रीय सदस्य बिजय ढुंगानाले जानकारि दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।