संसद भित्रको अप्रिय स्थितिको प्रमुख जिम्मेवारी सभामुखले लिनुपर्छ : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा भएको अप्रिय स्थितिको मूल जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएका छन् ।

बिहीबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी महामन्त्री थापाले  सभामुखले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गरेका बेला जबर्जस्ती संसदलाई कार्यसूचीमा प्रवेश गराएर यस्तो स्थिति सिर्जना गरेको बताएका हुन् ।

उनले भने, ‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको जिम्मेवारी  सभामुखले लिनुपर्छ,  सदनलाई जबर्जस्ती कार्यसूचीमा प्रवेश गराएर एकप्रकारको अप्रिय  स्थिति सिर्जना गर्ने कामको जिम्मेवारी सभामुखले लिनुपर्छ ।’

सभामुखको भूमिका जिम्मेवारीपूर्ण रुपमा निर्वाह गर्न सभामुखलाई सचेत गराउँदै उनले आफूहरूले समझदारी खोज्न सदन बैठक सूचना टाँसेर स्थगित गर्न आग्रह गर्दा पनि सभामुखले एमालेको इसारामा बैठक चलाएको आरोप लगाए ।

उनले भने, ‘सत्तापक्ष आफैँले मुठभेडको स्थिति सिर्जना गरेको छ, यसमा प्रधानमन्त्रीको जवाफ चाहन्छौँ ।’

‘प्रधानमन्त्रीको धारणा के हो ? के चाहनुभएको हो ? समझदारी चाहेको कि ? सदनभित्र र बाहिर मुठभेडको स्थिति चाहेको ? जवाफ चाहन्छौँ,’ उनले भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।