गिरीबन्धु टी–इस्टेटबारे ओलीलाई देउवाको प्रश्न:आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति? भन्दै प्रश्न गरे। उनले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए। 

उनले भने, ‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ। कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि। त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने काँग्रेसको पालामा भएको छ। काँग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन। यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।