किसान लघुवित्तको नाफा २५१ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २५१.५९ प्रतिशतले बढेको हो ।

चालु आवको चैत मसान्तसम्म लघुवित्तले २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १ करोड ६३ लाख रुपैयाँ धेरै हो । गत वर्ष चैतसम्म लघुवित्तले ६४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा उल्लेख्य सुधार आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.४४ प्रतिशतले घटेर १६ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । लघुवित्तको सञ्चालन नाफा २६४.३८ प्रतिशतले बढेर ३ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ ।

हाल ५० करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १३ करोड ४ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ३ करोड २३ लाख रुपैयाँ छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी साढे ३ गुणाले बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १.७१ रुपैयाँबाट बढेर ६.०१ रुपैयाँ पुगेकोे छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १३२.२६ रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तले खराब कर्जा ०.५१ प्रतिशत विन्दुले बढेकोे छ । गत चैतमा ५.९६ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा बढेर ६.४७ प्रतिशत पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।