शंकाको घेरामा रहेकाले गृहमन्त्रीले छानबिनलाई सहयोग गर्नुपर्छ : कांग्रेस प्रमुख सचेतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमख सचेतक रमेश लेखकले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री शंकाको घेरामा रहेको बताउँदै छानबिनलाई सहयोग गर्नुपर्ने भनाइ राखेका छन्। 

सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकपछि लेखकले उक्त भनाई राखेका हुन् । ‘संसदीय छानबिन समिति बनाउनुपर्छ। प्रश्नैप्रश्नको घेरामा उभिनुभन्दा छानबिनलाई सहयोग गरेको राम्रो हुन्छ।

राम्रो नेता प्रश्नले घेरिनु हुँदैन। संसद अवरोध गर्ने नगर्ने कुरा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा भर पर्छ। अब आजको बैठकपछि सरकार समिति बनाएर अघि बढ्नुपर्छ भन्ने पक्षमा उभिन्छ जस्तो लाग्छ,’ संचारकर्मीसँग कांग्रेस सचेतक लेखकले भने।

लेखकले गृहमन्त्री व्यक्ति मात्रै नभएको बताउँदै उनले प्रश्नैप्रश्नले घेरिन नहुने पनि बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।