रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरको पहल भइरहेकाे छ : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुसँग गरेको भेटका क्रममा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

‘तपाईंहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,’ प्रधानमन्त्री दाहालले भनेका छन्। ‘सरकारले लगातार कूटनीतिक पहल गरि नै रहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ।’ नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै दाहालले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गर्न थप पहल गर्ने बताए। 

‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,’ प्रधानमन्त्री दाहाल सचिवालयले उल्लेख गरेको छ। 

रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौंमा धर्ना दिएका थिए। प्रधानमन्त्री जनसम्पर्क विज्ञ बुिद्ध जिसीले दाहालले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।