केएमसीका डाक्टरमाथिमाथि हातपात गरेको घटनाप्रति चिकित्सक संघको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा कार्यरत प्रा. डा. विनिता प्रधान र डा. पूजा शाहमाथि भएकाे हातपात र अस्पताल तोडफोडको विषयलाई लिएर नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

संघले मंगलबार विज्ञप्ति जारी गरेर संघले सुरक्षित र भयरहित वातावरणमा  स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेकाे छ ।चिकित्सकमाथि कुटपिट गर्ने घटनामा संलग्नलाई अविलम्ब छानबिन गरी कारबाही गर्नसमेत माग गरेको छ। 

‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारका क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्य गरेको घटना प्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ,’ संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘उपचारको क्रममा  कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै स्वास्थ्य संस्था माथि नै आक्रमण गर्ने कार्यले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुगेको व्यहोरा अवगत नै छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।