सुनसरीको चतराधाम आए ‘बागेश्वरधाम सरकार’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य  श्रीश्री  धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)  दोस्रो पटक नेपाल आएका छन् । 

श्रीरामानन्दाचार्य सेवा पीठले सुनसरीको चतराधामको हनुमान मन्दिर प्राङगण लगाइरहेको ऐतिहासिक संकट्मोच श्रीहनुमद् महायज्ञमा कथा वाचन गर्न नेपाल आएको हुन् । 

५ गतेदेखि  ९ गतेसम्म शास्त्रीले हनुमान कथा वाचन गर्ने  र राममन्दिरको शिलान्यास कार्यक्रम रहेको छ।

यसअघि चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने  गर्न आएका थिए ।  सुनसरीको चतराधाममा १२ वर्षे पूर्ण महाकुम्भ मेला पनि भैरहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।