सुनको भाउले बनायो फेरि कीर्तिमानी उचाई, प्रतितोला कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको भाउ फेरि महँगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर कीर्तिमानी उचाई बनाएको हो ।

अघिल्लो दिन अर्थात् सोमबार १ लाख ३७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएकाले नेपाली बजार प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि सुनको कारोबार मूल्य १ हजार ७५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।