गण्डकीमा खगराज अधिकारी दोस्रो पटक मुख्यमन्त्री नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। 

नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आज संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई बहुमत पुर्‍याउन सभामुखको नामसमेत समावेश गरिएको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको थियो। तर प्रदेश प्रमुखले विरोध बीचमा उनलाई नियुक्ति गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।