कांग्रेसका डम्बर खड्काले गरे उम्मेदवारी दर्ता,पहिले बाबुसँग लडे, अब छोरासँग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इलाम २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अहिले उम्मेदवारी दर्ता जारी छ । 

एमालेबाट सुहाङ नेम्वाङ, सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी, मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र डकेन्द्र सिंह लिम्बूले पनि उम्मेदवारी दर्ता गराएका छन्।

खड्का २०७९ मंसिर ४ को चुनावमा एमालेका नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए। नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए।

तत्कालीन सांसद नेम्वाङको भदौ २५ गते निधनपछि इलाम- २ मा आगामी वैशाख १५ मा उपनिर्वाचनका हुन लागेको हो। कांग्रेसमा उम्मेदवार बनाउने विषयमा लामै रस्साकस्सी चलेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।