काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न भन्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
हाल १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ । यसलाई छोट्याएर विपद्को सन्दर्भमा ४५ दिनमै मृतक घोषणा गर्न सकिने विषय अध्यादेशमा समेटिएको छ ।




Comment