कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरू हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।

मतपत्र छपाइमा ढिलाइ भएपछि एक दिन पछाडि सरेको मतदान अहिले सुरू भएको हो ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। निर्वाचन समितिका अनुसार मतदान अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।