प्रदेशसभामा हुने उपनिर्वाचनका लागि ताेकिए मतदानस्थल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र छन्। बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।