इलामका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । निर्वाचन आयोगले इलाम–२ मा हुन लागेको उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ। इलाम–२ मा बैशाख १५ गते उपनिर्वाचन हुँदैछ। 

उपनिर्वाचनका लागि आयोगले बुधबार जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको हो।

बिहीबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनलक्षित कार्यक्रम अघि बढाउने तयारी छ।

कार्यतालिकाअनुसार चैत्र २४ गते उम्मेदवारी मनोनयन हुनेछ । त्यसअघि मतदाता नामावली प्रकाशन हुनेछ।

यहाँ उपनिर्वाचनमा भाग लिन २० वटा दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामाग्रीहरु चैत २३ गते सम्ममा जिल्ला आइपुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।