सिंगटी हाइड्रोको लिलामी सेयर भर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिंगटी हाइड्रोपावरको  ४६ लाख बढी कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १२ गतेदेखि बिक्रीमा ल्याएको ४६ लाख ११ हजार ५३१ कित्ता कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितरित हकप्रद सेयर अहिले लिलामीमा ल्याएको हो ।

कम्पनीको लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ ।

लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।