कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पर्सि मंगलबार विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री  शर्माले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री शर्माले चैत २० गते मंगलबार विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन्। ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ प्रदेश सभा सदस्य आवश्यक पर्छ। कर्णालीका मुख्यमन्त्री शर्मा तेस्रो पटक विश्वासको मत लिँदैछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।