सिटिजन लाइफद्वारा गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चितवनको देवघाटस्थित श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत गुरुकुललाई उक्त सहयोग गरेको हो ।

कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालका साथै कर्पोरेट सेल्स हेड रिता पाठकले गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा. मन काफ्लेका साथै सल्लाहकार भागवती कुमार काफ्लेलाई ३ लाख रुपैयाँको को चेक हस्तान्तरण गरेका हुन् ।

यस सहयोगले गार्गी कन्या गुरुकुललाई विद्यालय संचालन गर्न केही मद्दत हुने कम्पनीको अपेक्षा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।