सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको हो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।