आईएसले लियो मस्कोमा भएको आतंकवादी हमलाको जिम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । रुसको राजधानी मस्कोस्थित क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ। 

शुक्रबार राति भएको हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ।

आईएसले अमाक समाचार एजेन्सीमार्फत विज्ञप्ति जारी गर्दै हमलाको जिम्मा लिएको हो। ‘हाम्रा लडाकुहरूले रुसी राजधानी मस्कोको बाहिरी भागमा रहेको क्रोकस कन्सर्ट हलमा हमला गरेका थिए। त्यसपछि उनीहरू सुरक्षित रूपमा आफ्नो अड्डाहरूमा फर्किएका थिए,’ विज्ञप्तिमा भनिएको छ। 

उक्त हमलालाई रुसमा पछिल्लो दुई दशकमा भएको सबैभन्दा ठूलो आतंकवादी हमला मानिएको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई ‘ठूलो त्रासदी’ भनेका छन्। 

रुसी सञ्चारमाध्यमका अनुसार पश्चिमी भागमा रहेको क्रोकस सिटी हलमा भएको हो। सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा भवनको माथिबाट कालो धुवाँको ठूलो मुस्लो उठेको देखाइएको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।