काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसमा जिपी कोइराला अध्ययन केन्द्रले बुधबार काठमाडौंको माइतीघर मा दिप प्रज्वलन गरेको छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी लगाएतले गिरिजाप्रसाद कोइरालाको तस्वीरमा माल्यार्पण गर्दै नेपालको राजनीतिमा उनको योगदानको चर्चा गरेका थिए । कांग्रेस नेता केसीले नेपाली राजनितीको केन्द्रमा रहेर हिंसाको राजनितीलाइ वार्ताको माध्यमबाट शान्तिपुर्ण बाटोमा ल्याइ निकास दिने र राष्ट्रिय एकता र मेलमिलापको माध्यमबाट मात्र अघि बढ्नुपर्ने कोइरालाको भनाइ आजको दिनमा पनि उतिकै सान्र्भिक रहेको बताए।
यसैगरी नेता प्रदीप पौडेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताए । उनले गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेताका रुपमा बताए ।
उनले भने, ‘गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेता हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोईरालाको नेतृत्व नेपाली राजनीतिमा नभएको भए नेपालमा आज गणतन्त्र आउँदैन थियो । त्यो बेलाको हिंसा अन्त्य हुने स्थिति पनि बन्दैन थियो । गिरिजाप्रसदको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको हो । गिरिजाप्रसाद कोइराला देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने शाहस उहाँको उदाहरणीय छ ।’
त्यस्तै नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम दिप प्रज्वलन कार्यक्रमका सयोजक निरन्जन थापाले दार्शनिक र युकपुरुषको जन्म र मृत्युको स्मरण धेरै कालखण्डहरुमा गरिने र सोहि अनुरुप नेपालमा नेपाली राजनितिका युगपुरुष गिरिजाप्रसाद कोईरालाको स्मरण गरिने र उनलाइ द्वन्द्वको चरम यातनामा रहेका बेला शान्तिको सास फेर्न दिने युगपुरुषको रुपमा नेपालीहरुले स्मरण गर्ने बताए ।
पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो। राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो।
२०४७ सालको आन्दोलन, २०६२९६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा उनको भूमिका महत्त्वपूर्ण छ।
Comment