उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ४१, ललितपुरको २ र भक्तपुरको २ जना मा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको स‌ंख्या ५ सय ३२ पुगेको छ जसमा काठमाडौंको ३ सय ९०, ललितपुरको ९१ र भक्तपुरको ५३ जना रहको छन् । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्‍यु पुष्टि भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।