दक्षिण गाजामा आक्रमण जारी राख्ने नेतन्याहुको अडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजामा आक्रमण जारी राख्ने अडान राखेका छन्। 

गाजामा युद्ध अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताका लागि मध्यस्थ गरिरहेको कतार पनि इजरायलको अडानपछि पछि हटेको छ। 

इजरायलले गाजामा भइरहको खाद्यान्न अभावमा आफूहरूलाई दोष नदिन भनेको छ। उसले दक्षिणमा दुईवटा क्रसिंगमार्फत सहायतालाई अनुमति दिइरहेको बताउँदै खाद्यान्न अभावमा इजरायल दोषी नरहेको बताएको हो। 

यसैबीच हिजबुल्लाहले रकेट प्रहार गरेपछि जवाफमा इजरायलले लेबनानको बालबेकमा आक्रमण गरेको छ। आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ। बालबेक उपत्यका लेबनानी सशस्त्र समूहको गढ हो, जुन लेबनानको सिरियासँगको सीमा नजिक छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।