आइतबार उच्च अंकले बढ्यो नेप्से, ४ अर्ब ५५ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ विन्दुमा पुगेको हो ।

यसदिन ३०५ कम्पनीको ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ । आज सिमेन्ट कम्पनीको शेयरमा उच्च आकर्षण देखिएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । माइक्रोफाइनान्स र जीवन बीमा समूहको परिसूचक ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बढ्दो बजारमा आज ५ लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल, जाल्पा सामुदायिक, उन्नति सहकार्य, जनत्थान र स्वाभिमान लघुवित्तका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएक छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।