नक्कली सुन बरामद प्रकरणः झोला फालेर भाग्ने तीन जना पूर्वी नवलपरासीबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीलाई देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई आज पक्राउ गरिएको छ । 

कमलादी नविल बैंकको मोडमा काठमाडौं प्रहरीले गरेको सुन अप्रेशनमा झोला फालेर भागेका देवान पटेल, विजय पटेल र निलेश सखियालाई जिल्ला प्रहरी कार्यलय नवलपरासी पूर्वको समन्वयमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको महानगरीय प्रहरी कार्यलय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिए । 

मंगलबार महानगरीय प्रहरी वृत्तको टोलीले चेकजाँच गर्दा बा६च ५५१९ नम्बरको स्कार्पियोबाट झोला फालेर भागेको प्रहरीले दावी गरेको थियो । 

प्रहरी फालेको झोलाबाट साढे १४ किलो चाँदी, आधा केजी सुन र २ वटा पेस्तोल फेला पारेको थियो ।

कडा सुरक्षा व्यवस्था गरिरहेको उपत्यकामा स्कार्पियो कसरी भाग्यो भन्ने चौतर्फि विवाद आएपछि महानगरीय प्रहरी कार्यलय उक्त घटनाको छानविन गर्न समिति समेत गठन गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।