रेनु दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेशनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन्। बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो।

प्रमुख दाहाललाई लन्डनका मेयर सादिक खानसहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिम लगायतको उपस्थितिका बीच एक समारोहमा अवार्ड वितरण गरिएको जनाइएको छ।

उक्त अवसरमा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो। पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड अन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायत लगायत विभिन्न देशका फरक-फरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।