कपिलवस्तुबाट छुटेको बस त्रिशूलीमा खस्यो, ६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धादिङ गजुरीको गलौदीस्थित सडकमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

कपिलवस्तुबाट काठमाडौंका लागि छुटेको बस आज बिहान त्रिशूली नदीमा खसेको हो। दुर्घटनामा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको  प्रहरीले जनाएको छ।उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।