‘कर्पोरेट बिजनेश अवार्ड’ बाट विभिन्न क्षेत्रका २९ जना उद्योगी–व्यवसायी सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विभिन्न विधामा अवार्ड वितरण गर्दै कर्पोरेट मिडिया ग्रुपको १६ औँ वार्षिकोत्सव कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

ग्रुपको१६औँ वार्षिकोत्सवको अवसरमा ‘कर्पोरेट बिजनेस अवार्ड, २०८० बाट विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान गरेको हो ।

कर्पोरेट मिडियाले यो वर्षको ‘कर्पोरेट लाइफ टाइम अचिभमेन्ट अवार्ड’ लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई प्रदान गरेको छ।

पले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्तिलाई अवार्ड प्रदान गरेको छ । ग्रुपले नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीलाई बेस्ट वुमन आन्टरप्रेनर अफ दि इयरबाट सम्मान गरेको छ । उनले महिला उद्यमशीलतामा पुर्‍याएको योगदानका आधारमा उक्त सम्मान प्रदान गरेको ग्रुपले बताएको छ ।

त्यसैगरी, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङलाई ‘बेस्ट ब्रोडकास्टिङ मिडिया’ अवार्ड, नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेशकुमार अग्रवाल, लोमस फर्मास्युटिकल्सका निर्देशक प्रबलजंग पाण्डे, नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंह र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीलाई कर्पोरेट बिजनेस लिडरसिप अवार्ड’ प्रदान गरिएको छ ।

बेस्ट इन्डस्ट्री अफ द इयरबाट पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ सम्मानित भएका छन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीलाई सीईओ अफ दि इयर र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी शाहलाई बेस्ट लाइफ इन्स्योरेन्स अफ दि इयर प्रदान गरिएको छ । त्यसैगरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईलाई ‘बेस्ट कन्सल्टेन्सी एसोसिएशन अफ नेपाल’ अवार्डबाट सम्मानित गरिएकाे छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।