बसको ठक्करबाट बालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर ।  चितवनको भरतपुरमा बसको ठक्करबाट  बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । 

गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। 

माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।