भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले तत्काल नबढाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको भाउ बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

बिहीबार प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको हो ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलमा प्रतिलिटर २१ पैसा, डिजेलमा ८५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २१.६६ रुपैयाँ भाउ बढाएर पठाएको छ ।

भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल पुरानै मूल्य यथावत राखिएको निगमले जनाएको छ । डिजेल र पेट्रोलमा १ रुपैयाँभन्दा कम बढेर आएकाले मूल्य समायोजन नगरिएको हो ।

निगमले गत साउनदेखि स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको छ । सो अनुसार मूल्य बढेर आए यहाँ पनि बढाउने र घटेर आए घटाउने गरेको छ ।

निगमले हाललाई पेट्रोलको भाउ पहिलो वर्गमा प्रतिलिटर १६९.५० रुपैयाँ, दोस्रो वर्गमा १७१ रूपैयाँ र तेस्रो वर्गमा १७२ रूपैयाँ तोकेको छ ।

खाना पकाउने ग्यासको भाउ देशभर १ हजार ९१० रूपैयाँ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।