मिटरब्याज पीडितको भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  मिटरब्याज पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस निकालेका छन्।

उनीहरुले ‘मिटरब्याज विरुद्ध न्याय मार्च’ का लागि भन्दै सिट्ठी जुलुस निकालेका हुन्।

पीडितहरुले विभिन्न ६ बुँदे माग राखेर पुनः राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका हुन्। सरकारसँग भएको सहती अनुरुप आफ्ना माग पूरा नभएको भन्दै विभिन्न जिल्लाका पीडितहरू काठमाडौं आइपुगेका छन्।

प्रहरीले माइतीघर मण्डलामा भेला हुन नदिएपछि उनीहरुले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् । माग सम्बोधनका लागि सरकारसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।