शौचालयमा महिलाको गोप्य तस्बिर खिच्ने डीएसपी २५ हजार धरौटीमा छुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

स्वयम्भुस्थित एक रेस्टुरेन्टको शौचालयमा महिलाको गोप्य तस्बिर तथा भिडिओ खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले केसीलाई धरौटीमा रिहा गर्न  आदेश दिएको हो। डिएसपी केसी फागुन ५ गते पक्राउ परेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।