मेलम्ची खानेपानीमा भ्रष्टाचार:तीन पूर्वसचिवसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा तीन पूर्वसचिवहरूसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पूर्व सचिवहरू सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुरसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

तीनै जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् ।

यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङलाई पनि मुद्दा हालिएको छ ।

कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली पनि प्रतिवादी छन् । परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।