आयल निगमको कार्यकारी निर्देशकमा तीन जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस भएको छ । उम्मेद्वारहरुको अन्तर्वार्ता र कार्ययोजनापछि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले तीन जनाको नाम सिफासिस गरेको हो।

मन्त्रालयले डा.चण्डिका प्रसाद भट्ट, डा. डोल प्रसाद चापागाईं र शत्रुघ्न प्रसाद पुडासैनीको नाम सिफारिस गरेको हो। सिफारिस अनुसार अब मन्त्रिपरिषद्ले तीनमध्ये एकलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ।

सिफारिसमा परेका भट्ट यसअघि पनि कार्यकारी निर्देशक भइसकेका हुन्। मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका २०७८ बमोजिम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।