आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँसम्मको बजेट ल्याउने भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले आगामी वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिदिएको हो ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी वर्षको बजेटको सिलिङ १८ अर्ब तोकिएको जानकारी दिए ।उनले सोही सीमा भित्र रहेर आगामी वर्षको बजेट ल्याइने बताए ।

सरकारले राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब छ। योभन्दा आगामी आर्थिक वर्षको बजेट आधा खर्ब बढी हुने भएको हो।

चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको अर्थमन्त्रीले बताएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।