अपर तामाकोशीको लिलामी सेयर नपाउनेको पैसा आजदेखि फिर्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयर नपाउनेको पैसा आजदेखि फिर्ता हुने भएको छ ।

तीन सातादेखि होल्डमा रहेको पैसा आजदेखि सम्बन्धित आवेदकको खातामा फिर्ता गरिने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

कोषका अनुसार कम्पनीको लिलामी सेयरको कट अफ मूल्य प्रतिकित्ता १४७ रुपैयाँ निर्धारण भएको छ । सोभन्दा बढी मूल्यमा आवेदन दिनेले सेयर पाएका छन् भने कम मूल्यमा आवेदन दिनेको आजदेखि पैसा फिर्ता हुने छ ।

तामाकोशीको लिलामी सेयरमा ३० हजारभन्दा बढीले आवेदन दिएका थिए । जसबापत करिब १४ अर्ब रुपैयाँ जम्मा भएको थियो । सोमध्ये सेयर पाउनेको करिब साढे २ अर्ब फिर्ता गर्नुपर्दैन भने बाँकी रकम फिर्ता गर्नुपर्ने छ ।

लक्ष्मी सनराइज बैंकमा खाता हुनेले आजै र अन्य बैंकमा खाता हुनेहरुको १/२ दिनभित्रै रकम फिर्ता भइसक्ने कोषले जनाएको छ ।

अपर तामाकोशीले गत भदौ १८ देखि असोज २२ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितररित १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि २९ गतेसम्म लिलामीमा ल्याएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।