१३ लाख नगदसहित ११ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल प्रहरीले १३ लाख ६२ हजार ५०० रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित अमला रोका मगरले सञ्चालन गरेको होटल भियानाबाट नगदसहित ११ जनालाई मंगलबार सार्वजनिक गरेको हो। 

रूपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, २८ वर्षीय शंकर शाही, २८ वर्षीय किशोर अधिकारी, ३० वर्षीय राजु पन्त, ३५ वर्षीय अर्जुन गुरुङ र गोरखाका ३५ वर्षीय अर्जुन गुरुङ पक्राउ परेका हुन्। यस्तै रोल्पाका ३६ वर्षीय लिला डाँगी, बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दिया, चितवनका ४१ वर्षीय दीपक गुरुङ, काभ्रेपलाञ्चोकका ४४ वर्षीय हरिबोल खनाल,  नुवाकोटका ४४ वर्षीय कृष्णबहादुर राई र काठमाडौं जोरपाटीका ५४ वर्षीय अरुण घिमिरे पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले ज्याठास्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।