विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५६ नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर १ करोड ५६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शुक्रवार एकै दिन २ लाख ७५ हजार ९८७ जनामा संक्रमण देखिएसँगै शुक्रबार बिहानसम्ममा विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ५० हजार ९०४ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ३६ हजार ३६६ पुगेको छ ।

शुक्रबारसम्म निको हुनेको संख्या ९५ लाख ३४ हजार ४३३ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५०७ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार १५ जना संक्रमित भएकोमा १६ लाख ३६ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।