ललितपुरका नापी सर्वेक्षकसहित ३ जना साढे २ लाख घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित ३ जना घुससहित पक्राउ परेका छन्। उनीहरु साढे २ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्। 

यादवसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पक्राउ पर्नेहरुमा यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी छन्।

जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरुले घुस लिएका थिए। घुस लिँदै गरेको अवस्थामा नापी परिसरबाटै उनीहरुलाई पक्राउ गरिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।