९९ प्रतिशत सकियो नागढुंगा सुरुङमार्गको काम, डेढ महिनामा ‘ब्रेक थ्रु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालकै पहिलो नागढुंगा-नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरव आयोजना समेत रहेको यो सुरुङमार्गको सुरुङ खन्ने काम ९९ प्रतिशत सकिएको हो ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार आपतकालीन सुरुङ खन्ने काम ६ महिना अघि नै सकिएको छ भने मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ ।

कुल २६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गमा २६ सय २२.४ मिटर खनिएको छ। अब सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन ५४.६ मिटर मात्रै बाँकी रहेको छ। आयोजनाको २५५७ मिटर लामो आपतकालीन सुरुङ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ गरिएको थियो । मुख्य सुरुङ पनि अबको एक महिना भित्र ब्रेक थ्रु हुने आयोजनाले जनाएको छ ।

आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको छ । हालसम्म फ्लाइओभरको ५ वटा फाउन्डेसन र सबस्ट्रक्चर निर्माण गर्नुपर्नेमा हालसम्म ३ वटा सम्पन्न भइसकेको छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।