पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आइतबार उनलाई दोषी ठहर गरेको हो।

आइतबार विशेष अदालतले उनलाई स्रोत नखुलेको सम्पत्ति कमाएको भन्दै परेको मुद्दामा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते तामाङसँगै उनकी पत्नी र दुई छोरीविरुद्ध अवैध रुपमा सम्पत्ति कमाएको भन्दै मुद्दा दायर भएको थियो । तामाङ विरुद्ध ३ अर्ब ३१ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा तामाङसहित उनकी पत्नी सिर्जना शाक्य तामाङ दोषी ठहर भएका छन् । दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका छन् ।

विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी सजाय हुनसक्ने भन्दै कसुर निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।