आईएमएफले भन्यो : एआईका कारण विश्वभर ४० प्रतिशत जागिर संकटमा पर्न सक्छ, असमानता बढ्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको बढ्दो प्रयोगले विश्वमा करीब ४० प्रतिशत रोजगारीमा असर पार्ने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ ।

साथै एआईले समग्रमा असमानतालाई पनि झनै बढाउने अन्तराष्ट्रिय मुद्राकोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्गिभाले बताएकी छिन् ।

जोर्गिभालेले टेक्नोलोजी-सञ्चालित सामाजिक समस्याहरू बढ्नबाट रोक्नको लागि नीति निर्माताहरूले ध्यान दिनुपर्नेमा जाेड दिइन्।

आईएमएफले एआईले ठूलो संख्यामा रोजगारीलाई असर गर्ने बताएको छ। विकसित अर्थतन्त्रका ६० प्रतिशत रोजगारी यसबाट प्रभावित हुनेछन्।

एआईसँग महत्त्वपूर्ण कार्य गर्ने क्षमता हुन्छ, जुन मानिसहरूले हाल गरिरहेका छन्। यसले कामदारको माग घटाउनेछ र परिणामस्वरूप दैनिक ज्याला प्रभावित हुनेछ वा तिनीहरूले आफ्नो काम गुमाउनेछन्।

यसैबीच आइएमएफले प्रविधिका कारण न्यून आय भएका देशमा २६ प्रतिशत रोजगारी मात्र प्रभावित हुने प्रक्षेपण गरेको छ ।

एआईले हाल मानिसले गरिरहेका मुख्य कामहरु पनि गर्नसक्ने क्षमता हासिल गर्नेछ । यसले मानवश्रमको माग घटाउनेछ, ज्यालादरमा पनि गिरावट ल्याउनुका साथै जागिर नै निर्मूल पारिदिन सक्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।