त्रिशुली नदीमा खसेको गाडी बोलेरो जिप रहेको पुष्टि, मानिस भेटिएनन्(तस्बिर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  त्रिशुली नदीमा खसेको गाडी बोलेरो जिप रहेको पुष्टि भएको छ। 

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा  इन्डियन नम्बर प्लेटको बोलेरो गाडी भेटिएको हो। नदीभित्र डुबेको अवस्थामा गाडी फेला परे पनि यात्रुलाई भने फेला पार्न नसकिएको गोताखोरको टोलीले बताएको छ। गाडीसँगै यात्रु पनि नदीमा डुबेको आशंका छ। तर, त्यसमा कति यात्रु सवार थिए खुलेको छैन। 

मंगलबार बिहान करिब ४:५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  

गाडी खसेको सूचनापछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो। सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोर सहित १० जना र नम्बर १७ गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौज परिचालन भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।