घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी घुस रकमसहित पक्राउ परेका छन्।

भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले भण्डारीलाई सेवाग्राहीबाट आठ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित बुधबार नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।