सार्वजनिक यातायत सञ्‍चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आजबाट ट्राफिक प्रहरीले मापसे चेकिङ सुरु गर्ने भएको छ । 

महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको छ ।

यसअघि विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।

महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार ट्राफिक नियमविरुद्ध चल्नेलाई जरिवाना लाग्‍नेछ । ढकालले भने, “हामी पुरानै अवस्थामा सक्रिय हुन्छौं ।

महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्ने टोलीसमेत परिचालन गरेको छ । टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने एसएसपी ढकालले बताउनुभयो ।

प्रहरीको आँखा छलेर यात्रु कोचेको देखिए, सामाजिक दूरी कायम भएको नपाइए तत्काल ट्राफिक प्रहरी वा नजिकको प्रहरी युनिटमा खबर गर्न पनि महाशाखाले आग्रह गरेको छ । प्रविधियुक्त निगरानी भ्यान, सीसीटीभी क्यामेराबाट पनि निगरानी बढाइएको ढकालले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।