कांग्रेसको खेलकुद विभागले १३औं साग खेलका स्वर्ण पदक विजेताहरूलाई नगदसहित सम्मान गर्ने गर्ने !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले खेलकुद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखेर गत १३औं साग खेलका स्वर्ण पदक विजेताहरूलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । विभागको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक मोहनबहादुर बस्नेतले सागगेमका पदक विजेतालाई यथाशीघ्र कार्यक्रम गरी नगदसहित सम्मान गर्ने जानकारी दिए ।

‘टोकियो ओलम्पिक २०२१ मा नेपालको तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकहरूको कोरोना बीमा गरिदिने यो बैठकले निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको अतिरिक्त २०२१ को ओलम्पिक खेलको तयारी र सहभागिता सम्बन्धमा तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूको खेल सहभागिताका लागि गरिने तयारी कोरोनाको सुरक्षा र सावधानी अप्नाउँदै प्रशिक्षण संचालन गर्न सरकारसँग माग गर्ने निर्णय गर्दछ ।’

‘नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रयोगिता संचालन गर्ने निर्णय गर्दछ’, विभागका सचिव मीनकृष्ण महर्जनले भनेका छन् ।

‘नेपाल लोकतान्त्रिक खेलकुद संघले केन्द्रीय कार्यसमितिमा पारित गर्न पेश गरेको विधानलाई आवश्यक कारबाहीका लागि अनुरोध गर्ने निर्णय गरियो’, विज्ञप्तिमा उल्लेख छ । ‘नेपाली कांग्रेससँग आवद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थाहरूलाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट नेपाली दिदी बहिनी, दाजु भाईहरुलाई जोगाउन सहयोग पुग्ने कार्यहरू गर्ने गराउन परिचालन गर्ने निर्णय गरियो’, विभागले भनेको छ ।

‘खेल क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउन र भएकाहरुलाई क्रियाशील गराउन विभिन्न विधाका खेलहरूका प्रशिक्षकहरूको व्यवस्था गरी क्रमशः वडा तहसम्म खेलकुद गतिविधि संचालन गर्ने वातावरण मिलाई दिने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ । ‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली जनता र राष्ट्रको पक्षमा रगत र पसिना बगाएर निम्न लिखित प्रजातन्त्रवादी स्वर्गीय नेताहरूको सम्मानमा राष्ट्रियस्तरीय, प्रादेशिकस्तरीय र स्थानीयस्तरीयमा विभिन्न विधाका हरेक वर्ष खेलकुद प्रतियोगिताहरू संचालन गर्ने निर्णय गरिएको छ’, विभागले भनेको छ ।

‘स्व. वीपी कोइराला, सुवर्ण शम्शेर राणा, स्व. गणेशमान सिंह, स्व. कृष्णप्रसाद भट्टराई, स्व. गिरिजाप्रसाद कोइराला, स्व. सुशील कोइराला, स्व. महेन्द्रनारायण निधि, स्व. मंगलादेवी सिंह, स्व. शैलजा आचार्य, स्व. धनमान सिंह परियार, स्व. खुमबहादुर खड्का, स्व. शेख इद्रिस, स्व. बलबहादुर राई, स्व. बखानसिं गुरुङ्ग, स्व. योगेन्द्र मान शेरचन, स्व, भीमबहादुर तामाङ, स्व. राधा कृष्ण चौधरी, स्व. श्रीमती द्वारिका देवी ठकुरानी, स्व. भू विक्रम नेम्वाङ्ग, शहीद लखन थापा मगरको नाममा खेलकुद प्रतियोगिता गर्ने विभागले जनाएको छ ।

‘राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारीहरुको १३ वर्षदेखि २४ वर्षसम्म सेवा अवधि पार गरेका कर्मचारीहरूको पदोन्नति नगरी कर्मचारीको वृत्ति विकासमा आँच पुयाएको हुनाले निजहरूको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ । ‘नेपालको संविधानको भावना र मर्मविपरित ओलम्पिक कमिटीले विदेशीहरूको सहायता लिँदा सरकारको स्वीकृति लिनुनपर्ने जुन ऐन ल्याएको छ, त्यसको खारेजीको माग गर्ने’, विभागले भनेको छ ।

‘नेपालमा भएको १३ औं साग खेल र नेपालगञ्जमा भएको ८ औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा भए गरेका खर्चहरूको हिसाव पारदर्शी गर्न माग गर्ने’, विभागले भनेको छ ।

‘नेपाल ओलम्पिक कमिटी र भारतीय टी.भी. च्यानलहरूबीच भएको १३ औं सागका गतिविधि प्रशारण सम्बन्धी भएको करोडौं रुपैयाँको सम्झौता भएको रकमको हिसाव किताव सार्वजनिक गर्न माग गर्ने निर्णय गरियो’, विभागका सचिव महर्जनले भनेका छन् । ‘खेलकुद संघ दर्ता सम्बन्धी अव्यवहारिक र पक्षपातपूर्ण व्यवहार सच्याउनुपर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘अव्यवहारिक सम्बन्धनको झन्झट खारेज गर्नुपर्ने माग गर्ने ।’

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग

मितिः श्रावण ६, २०७७

मिति २०७७ श्रावण ५ गते नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको पार्टी केन्द्रीय कार्यालय सानेपामा विभागका प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा बैठक बसी निम्नलिखित निर्णय गरियो ।

निर्णय नं.१

नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतलाई खेलकुद विभाग प्रमुख बनाई अन्य पदाधिकारी रसदस्यहरुको समेत मनोनयन गरी दिनुभएकोमा नेपाली कांग्रेस केन्द्रीय सभापति आदरणीय शेरबहादुर देउवाज्यू, पार्टी पदाधिकारीज्यूहरु र केन्द्रीय समितिलाई यो बैठक हार्दिक आभार प्रकट गर्दछ ।

निर्णय नं.२

खेलकुद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखेर गत १३ औं साग खेलका स्वर्ण पदक विजेताहरुलाई

यथाशिघ्र कार्यक्रम गरी नगदसहित सम्मान गर्ने यो बैठक निर्णय गर्दछ।

निर्णय नं.३

टोकियो ओलम्पिक ‘२०२१’ मा नेपालको तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको कोरोना विमा

गरिदिने यो बैठकले निर्णय गर्दछ । साथै, यसको अतिरिक्त २०२१ को ओलम्पिक खेलको तयारी र

सहभागिता सम्बन्धमा तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुको खेल

सहभागिताका लागि गरिने तयारी कोरोनाको सुरक्षा र सावधानी अप्नाउँदै प्रशिक्षण संचालन गर्न

सरकारसँग माग गर्ने निर्णय गर्दछ।

निर्णय नं.४

नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रयोगिता

संचालन गर्ने निर्णय गर्दछ।

निर्णय नं. ५

नेपाल लोकतान्त्रिक खेलकुद संघले केन्द्रीय कार्यसमितिमा पारित गर्न पेश गरेको विधानलाई आवश्यक

कारबाहीका लागि अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. ६

नेपाली कांग्रेससँग आवद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थाहरुलाई कोरोना भाइरस र प्राकृतिक

विपत्तीबाट नेपाली दिदी बहिनी, दाजु भाईहरुलाई जोगाउन सहयोग पुग्ने कार्यहरु गर्ने गराउन परिचालन

गर्ने निर्णय गरियो।

निर्णय नं. ७

खेल क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउन र भएकाहरुलाई क्रियाशील गराउन विभिन्न विधाका खेलहरुका

प्रशिक्षकहरुको व्यवस्था गरी क्रमशः वडा तहसम्म खेलकुद गतिविधि संचालन गर्ने वातावरण मिलाई

दिने निर्णय गरियो।

निर्णय नं.८

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली जनता र राष्ट्रको पक्षमा रगत र पसिना बगाएर

निम्न लिखित प्रजातन्त्रवादी स्वर्गीय नेताहरुको सम्मानमा राष्ट्रियस्तरीय, प्रादेशिकस्तरीय र

स्थानीयस्तरीयमा विभिन्न विधाका हरेक वर्ष खेलकुद प्रतियोगिताहरु संचालन गर्ने निर्णय गरिएको छ।

महान नेता वा नेतृत्वहरुको नामावली

१. स्व. बी.पी. कोइराला

२. स्व. सुवर्ण शम्शेर राणा

३. स्व. गणेशमान सिंह

४. स्व. कृष्णप्रसाद भट्टराई

५. स्व. गिरिजाप्रसाद कोइराला

६. स्व. सुशील कोइराला

७ स्व. महेन्द्रनारायण निधि

८. स्व. मंगलादेवी सिंह

९. स्व. शैलजा आचार्य

१०. स्व. धनमान सिंह परियार

११. स्व. खुमबहादुर खड्का

१२. स्व. शेख इद्रिस

१३. स्व. बलबहादुर राई

१४. स्व. बखान सिं गुरुङ्ग

१५. स्व. योगेन्द्र मान शेरचन

१६. स्व, भीम बहादुर तामाङ

१७. स्व. राधा कृष्ण चौधरी

१८. स्व. श्रीमती द्वारिका देवी ठकुरानी

१९. स्व. भू विक्रम नेम्वाङ्ग

२०. सहिद लखन थापा मगर

निर्णय नं. ९

राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारीहरुको १३ वर्षदेखि २४ वर्षसम्म सेवा अवधि पार गरेका

कर्मचारीहरुको पदोन्नति नगरी कर्मचारीको वृत्ति विकासमा आँच पुयाएको हुनाले निजहरुको बढुवा

प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरियो।

निर्णय नं. १०

नेपालको संविधानको भावना र मर्मविपरित ओलम्पिक कमिटीले विदेशीहरुको सहायता लिँदा सरकारको

स्वीकृति लिनुनपर्ने जुन ऐन ल्याएको छ, त्यसको खारेजीको माग गर्ने ।

निर्णय नं. ११

नेपालमा भएको १३ औं साग खेल र नेपालगञ्जमा भएको ८ औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा

भए गरेका खर्चहरुको हिसाव पारदर्शी गर्न माग गर्ने ।

निर्णय नं. १२

नेपाल ओलम्पिक कमिटी र भारतीय टी.भी. च्यानलहरु बीच भएको १३ औं सागका गतिविधि प्रशारण

सम्बन्धी भएको करोडौं रुपैयाँको सम्झौता भएको रकमको हिसाव किताव सार्वजनिक गर्न माग गर्ने

निर्णय गरियो।

निर्णय नं. १३

खेलकुद संघ दर्ता सम्बन्धी अव्यवहारिक र पक्षपातपूर्ण व्यवहार सच्याउनुपर्ने । अव्यवहारिक सम्बन्धनको

झन्झट खारेज गर्नुपर्ने माग गर्ने ।

जय नेपाल !

मोहनबहादुर बस्नेत

प्रमुख

केन्द्रीय खेलकूद विभाग

नेपाली कांग्रेस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।