बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति ५ करोड भन्दा बढी पुनर्कर्जा दिन नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हरेक बैंकले प्रक्तिव्यक्ति ५ करोड रुपैयाँ भन्दा बढी पुनर्कर्जा प्रवाह गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । मंगलबार राष्ट्र बैंकले जारी गरेको पुनर्कर्जा कार्यविधिमा उक्त व्यवस्था छ ।

पुरानो कार्यविधि अनुसार प्रतिव्यक्ति ५० करोड रुपैयाँ पुनर्कर्जा दिन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंकले बैैकलाइए एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको हो । तर, राष्ट्र बैंकमार्फत उपलव्ध गराउने पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँ सम्म हुने व्यवस्था छ ।

एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ । यस्तो कर्जा नवीकरण हुने छैन । तर, कोभिडबाट प्रभावित ऋणीको हकमा भने पुनर्कर्जा नविकरण हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।